पाँचथर – पाँचथरको कुम्मायक गाउँपालिकामा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । कुम्मायक गाउँपालिका वडा नम्बर १ का तेजबहादुर थापाको गोठबाट सल्किएको आगोले डिकबहादुर थापा र तेजबहादुरको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागीबाट तेजबहादुरको फुसको छानो भएको तीन तले घर, दुई तले भान्छा घर, एक तले गोठ, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।
यस्तै आगलागीबाट डिकबहादुरको फुसको छानो भएको तीन तले घर, एक तले गोठ, एउटा भेडा, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको छ । स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले आगलागी भएको ३ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 156