Aamsanchar

मल आयात गर्न नसकेको भन्दै शैलुङ र मुक्तिनाथलाई फेरि कारबाही, कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय

Author Image
सोमवार, पौष २७, २०७७

काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई फेरि कारबाही गरेको छ । सोमबार बसेको कम्पनीको बैठकले दुवै कम्पनीसँगकोे मल खरिदको सम्झौता तोड्ने, धरौटी जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए ।

यो सँगै शैलुङसँगको तीन वटा र मुक्तिनाथसँगको दुईवटा मल ल्याउने ठेक्का रद्ध भइसकेको छ । ‘धरौटी जफत र कालोसूचीको प्रक्रिया थाल्ने निर्णय भएको छ,’ प्रबन्ध सञ्चालक भण्डारीले अनलाइनखबरसँग भने । यससँगै यो वर्ष मल खरिदको ठेक्का पाएका कुनै पनि नेपाली कम्पनीले मल ल्याउन नसकेको कम्पनीले जनाएको छ । साढे ६ अर्ब बढीको मल आयात गर्न गत आर्थिक वर्षको ६ वटा ठेक्का नेपाली कम्पनीले पाएका थिए ।

शैलुङले तेस्रो ठेक्काबापत पुसमा २५हजार मेट्रिकटन युरिया मल आयात गर्नु पर्थ्यो । उक्त परिमाणको मल खरिद गर्न कम्पनीले ९४ करोड ६ लाख ९३ हजार भन्दा बढी रकमको ठेक्का हत्याएको थियो । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीले मंसिरमा २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल ल्याउनुपर्ने थियो । दुबै ठेक्काको कुल रकम एक अर्ब ८५ करोड भन्दा बढी थियो । तोकेको समयमा मल खरिद गर्न नसकेको भन्दै तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल नामक ठेकदार कम्पनीलाई यस्तै प्रकृतिको कारबाही गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 391

प्रतिक्रिया (०)

सम्बन्धित खबर