Aamsanchar

बिलिभर्स इस्टर्न चर्चको तर्फवाट टोपी, सावुन र मास्क वितरण

Author Image
मङ्गलवार, पौष २८, २०७७

भद्रपुर । झापाको भद्रपुरमा रहेको बिलिभर्स इस्टर्न चर्चको तर्फवाट टोपी, सावुन र मास्क वितरण गरिएको छ ।

भद्रपुर वडा नं. ५,७ र ८ का गरि अति विपन्न वर्गका एकसय जना सन्थाल आदिवासी बालवालिकाहरुलाई उक्त समाग्री वितरण  गरिएको बिलिभर्स इस्टर्न चर्चका फादर जगत वाग्लेले जानकारी दिनु भयो ।

समाजलाई सतमार्ग तर्फ डोहोर्‍याउने, एकले अर्कोलाई सकेको सहयोग गर्नु पर्ने, मानिस सबै समान हुन भन्ने लगायताका सकारात्मक विचारलाई आत्मसाथ गर्दै सामाजिक सेवामा इशाईहरु र संस्थागत रुपमा चर्जहरुको योगदान राम्रै रहेको पाईन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)