Aamsanchar

दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Author Image
मङ्गलवार, पौष २८, २०७७

बैतडी –सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।

बिहान ९ बजेर ४८ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाको सुनसेरा आसपास रहेको जनाइएको छ। भूकम्पले गरेको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर