Aamsanchar
Adv top
Adv below_nav

आठ वटा विधेयक प्रस्थाव गर्दै अर्जुनधाराको नगर सभा सुरु


अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाको आठौं नगर सभा अन्तरगत पहिलो बैठक मंगलबार सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं. ३ स्थित जुकेखाडी सामुदायिक वनको कैदले पर्यटकिय स्थलमा ८ वटा मुख्य विधेयकहरुलाई पेश गर्दै नगर सभा सुरु भएको हो ।
नगर प्रमुख हरिकुमार रानाकाको अध्यक्षतामा सुरु भएको सभामा प्रदेश १ का सांसद विर्ख प्रधानको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा नगर उपप्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग,  ११ वटै वडाका वडाध्यक्ष, कार्यपालिका र वडा सदस्य सभासद लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

आजबाट सुरु भएको नगरसभामा अर्जुनधारा नगरपालिका भित्र रहेका सहकारीहरुलाई व्यवस्थित र चलायमान बनाउन सहकारी विधेयक, नगरपालिकाको प्रशासकीय कार्यविधी (नियमित) गर्ने विधेयक, नगर शिक्षा, संस्था दर्ता, नगर प्रहरी व्यवस्थापन, अर्जुनधारा नगरपालिका कार्यपालिकाको निर्णय वा आदेश अधिकार पत्रको प्रमाणिकरण व्यवस्थित गर्ने कार्यविधी, त्यैगरी प्राकृतिक श्रोत तथा बातावरण संरक्षण, कृषि व्यवसाय प्रर्वधन विधेयक समावेस गरिएको छ ।

प्रस्थावित विधेयकमाथी विभिन्न चरणमा छलफल गरि आगामी माघ ६ गते नगर सभा सम्पन्न गर्ने नगर प्रमुख रानाले जानकारी दिएका छन् ।

सभामा उपप्रमुख कमला खतिवडाले स्वागत र कार्यक्रमको संचालन योजना अधिकृत हेमराज सेढाईंले गरेका थिए ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।