काठमाण्डौ – विवेकशील पार्टीले मङ्गलबार माइतीघर मण्डलमा प्रतिनिधि सभा विघटनको विरोधमा दाँत माझेर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हो ।
यसैबीच विवेकशीलले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा थुक्दै भाषण गरेकोप्रति पनि असन्तुष्टि जनाएको छ । सार्वजनिक शिष्टताको समेत ख्याल नगरि प्रधानमन्त्री ओलीले व्यवहार देखाएको विवेकशील पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विवेकशीलले बुधबार (भोलि) २४ औँ दिन पनि बिहान साढे १० बजे माइतीघर मण्डलमा प्रदर्शन गर्ने जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 194