लक्ष्मीपपुर । झापाको लक्ष्मीपुर–चारपाने सडक खण्डमा आज भएको दुर्घटनामापरी कनकाई नगरपालिका कार्यपालिका सदस्य वडा नम्बर ८ की वडा सदस्य सुनिता सिग्देल शक्त घाईते बनेकी छिन् । उनको हाल विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचार भाईरहेको कनकाई–८ का समाजसेवी टिका घिमिरेले जानकारी दिए ।
बुधबार बिहान ८ बजे विर्तामोड तर्फ जाने क्रममा मोटरसाइकल र टेम्पो एक आपसमा ढक्कर खादा मोटरसाईको पछाडी सवार सिग्देल घाईते बनेकी थिईन । मोटरसाईल चालकको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ ।
शक्त घाईते बनेकी सिग्देलको टाउकोमा चोट लागेको छ । गहिरो चोटका कारण टाउकोमा रगत जमेकोले तत्काल अप्रेसन गर्नुपर्ने अस्पताल श्रोतले जनाएको छ ।
हाल घाईते सिग्देललाई आईसियू कक्षमा राखिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 97