Aamsanchar

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी

Author Image
बिहिवार, माघ १, २०७७

सङ्खुवासभा-सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिक छन् । कारागार ३र५ रोपनी क्षेत्रफल फैलिएको छ । बन्दीको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि पर्याप्त ठाउँ नभएको जनाइएको छ । क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी सङ्ख्या भएकाले दैनिक क्रियाकलाप खान, बस्ने र शौच गर्नेसमेत समस्या हुने गरेको कारागारका चौकीदार परशुराम राईले बताउनुभयो ।

कारागारको सुधार तथा क्षमता वृद्धि गर्ने लागि माथिल्लो सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । भौतिक संरचना पर्याप्त नहुँदा कैदीबन्दीले बर्खायाममा पानी चुहिने छाप्रोमा खाना पकाएर खानुपर्ने बाध्यता रहेको कैदी धनबहादुर खालिङले गुनासो गर्नुभयो ।

कारागारमा आपत्कालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन छ । कारागारमाथिको साइडमा बजार भएकाले भवन निर्माण भएका छन् भने तलतिरको साइड भिरालो र व्यक्तिको जमिन भएकाले सडक पुर्याउन सकिएको छैन ।

कारागार जाने माथिको साइडमा सानो भिरालो सिँढी (भञ्याङ)ओर्लिए मात्र पुग्न सकिन्छ । आपत् विपद् पर्दा उद्धारमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडी पुग्न सक्ने सडकसमेत छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 643

प्रतिक्रिया (०)

सम्बन्धित खबर