Aamsanchar

मेची पेट्रोलियम डिलर्स एसोसिएसनको १३ औँ साधारणसभा सम्पन्न

Author Image
शुक्रवार, माघ २, २०७७

चारपाने । मेची पेट्रोलियम डिलर्स एसोसिएसन बिर्तामोडको १३ औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

मेचीनगरको होटल मेची क्राउनमा भएको साधारणसभामा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले एसोसिएसनले व्यवसाय क्षेत्र र समाजमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाल आयल निगममा कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, वाणिज्य तथा आपूर्ति सहसचिव प्रेम श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकाल, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष नवीन कोइरालाको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशको सदस्यमा हालै निर्वाचित उपाध्यक्ष भूपालराज कटवाललाई सम्मान गरिएको थियो ।

वरिष्ठ उपाध्यक्ष टिकाराम पिठाकोटेले स्वागत गरेको कार्यक्रमको सहजीकरण महासचिव विनोद बस्नेतले गरेका थिए । एसोसिएसन सामाजिक कार्यमा पनि सहभागी हुँदै आएको बस्नेतले प्रस्तुत गरेको प्रतिवदनमा उल्लेख छ ।

संस्थाले नागरिकस्तरबाट कनकाईको कोटिहोममा स्थापित पिसिआर परीक्षण प्रयोगशाला निर्माणका लागि २ लाख ५१ हजार रुपैयाँ प्रदान गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर