Aamsanchar

संसाद कोमल ओलीले गाइन ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत ( भिडियो सहित )

Author Image
शुक्रवार, माघ २, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा संसाद कोमल ओलीले समेत स्वर रहेको गीत फोद बहादुर बस्नेतले बनाएका हुन् । गीतमा ओलीलाई धुर्व धिताल र फौद बहादुर बस्नेतले स्वरमा साथ दिएका छन् ।फौद बहादुर बस्नेतको शब्द, धुर्व धितालको संगीत रहेको गीतमा संगीत संयोजना बिनोद बाजुरालीले गरेका छन् । गीतमा केपी ओलीलाई नेपालीको ढुकढुकी र भरोसाको केन्द्र समेत भनिएको छ । ओलीको जीवन विकाशको यत्र समेत भनिएको शब्द राखिएको गीतमा केपी ओलीको आजमात्र होइन भोलीको लागि पनि खाचो रहेको कुरा गरिएको छ ।

गायक बद्री पंगेनीकै शैलीमा तयार गरिएको गीतको भिडियो समेत बनेको छ । जसमा प्रधानमन्त्री केपी ओलीको बिभिन्न समयका क्रियाकलापका फुटेज समेटिएका छन् । भिडियो गायक गायिकालाई समेत देख्न सकिन्छ । भिडियोमा पछिल्लो समयका देश बिकाशका फुजेट समेत राखिएको देख्न सकिन्छ । साई भिजनले निर्माण गरेको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ ।

गायिका कोमल ओलीले गीत अहिलेको नभएर चुनावको बेलाको भएको बताइन् । ‘त्यो चुनावको समयको गीत हो’ गायिका ओलीले भनिन् ‘त्यति बेला बाहिर आएको थिएन । अहिले निर्माण युनिटले ल्याए होलान् ।’ गीत अहिले रिलिजको बिषयमा निर्माण टिमले आफुलाई केही जानकारी नगराएको गायिका ओलीको भनाई रहेको छ । गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)