Aamsanchar

हजारौंकी आमा ईन्दिरालाई झापामा सम्मान

Author Image
शनिवार, माघ ३, २०७७

बिर्तामोड । हजारौं वेसाहारा बालबालिकाकी आमा भनेर चिनिने बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरलाई झापामा सम्मान गरिएको छ ।

विगत तिन दशक देखि विपन्न वेसाहारा बनेका बन्दीगृहका र नियतीले सडकमा पुग्न बाध्य बनेका सडक बालबालिकाहरुको संरक्षण, भरणपोषण, शिक्षा, दिक्षा दिदै मानवीय क्षेत्रमा काम गर्दै आएकी झापा अर्जुनधारा बुट्टाबारी निवासी रानालाई बर्ष उत्कृष्ट समाजसेवी व्यक्तीको रुपमा सम्मान गरिएको हो ।

वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले आफ्नो जन्म बुवा स्वर्गीय तीर्थराज ढकाल र कर्म बुवा ससुरा स्वर्गीय ज्ञप्रसाद रिजालको स्मृतिमा स्थापित यज्ञ–तीर्थ स्मृति उत्कृष्ठ सम्मान पुरस्कारबाट सम्मान तथा पुरस्किृत गरिएको थियो । रानालाई अक्षयकोष संस्थापक शारदा रिजाल र उहाँका श्रीमान् जीवन रिजाले सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गरेका थिए ।

रानालाई शनिबार वीरता लेडी जेसीजको १६ औं पदस्थापना समारोहका बिच सम्मान गरिएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 374

प्रतिक्रिया (०)

सम्बन्धित खबर