Aamsanchar

इटहरी उपमहानगरद्धारा एक सय जनालाई कम्वल वितरण

Author Image
आइतवार, माघ ४, २०७७

इटहरी । इटहरी उपमहानगरद्धारा इटहरी १७ को विपन्न वस्तिका सय जनालाई जाडोमा न्यानो कम्वल वितरण गरिएको छ ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,प्रमुख प्रशासकीय अघिकृत कृष्णप्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहुले कम्वल वितरण गर्नुभयो ।

जाडोले सताएको वेला कम्वल वितरण गरेकोमा सर्वसाधारणले उपमहानगरलाई धन्यवाद ज्ञापन गरेका छन ।

जाडोवाट प्रभावित अरु वडाको विपन्न वस्तिमा पनि कम्वल वितरण गरिने वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिनुभयो ।
विगत केहि दिन देखि वढेको जाडोले सर्वसाधारणको जनजीवन कष्टकर वनेको छ । जाडो वाट वच्न आगो तापेर वाल्नका लागि उपमहानगरले चौक आसपास तथा विपन्न वस्तिहरुमा दाउरा समेत वितरण गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)

सम्बन्धित खबर