Aamsanchar

दुबई प्रहरीका लागि अन्तर्वार्ता दिन जाँदै गरेका मोरङका युवकको मृत्यु

Author Image
आइतवार, माघ ४, २०७७

विराटनगर । वैदेशिक रोजगारीका लागि अन्तर्वार्ता दिन इटहरी जाँदै गरेका युवकको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मोरङ बेलबारी नगरपालिका– ६ का २४ वर्षीय तीर्थकुमार राईको मृत्यु भएको हो । दुबई प्रहरीका लागि जाने तयारीमा रहेका उनलाई शनिबार इटहरीमा अन्तर्वार्ताका लागि बोलाइएको थियो । माइत जान हिँडेकी भाउजु डोल्मा राई र भतिजी स्वर्णिमा राईलाई सँगै मोटरसाइकलमा लिएर इटहरी आउँदै गरेका तीर्थलाई पूर्व पश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिका १० सुकुना खण्डमा भारतीय ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट उनको मृत्यु भयो । उनका भाउजु डोल्मा र भतिजी स्वर्णिमा घाइते छन् ।

शनिबार बिहान करिब साढे १० बजे राई सवार बा ८८ प ४६९६ नम्बरको मोटरसाइकललाई तीब्रगतिमा आउँदै गरेको बीआर ०६ जीडी ५५५२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका तीर्थलाई उपचारका लागि कोशी अस्पताल विराटनगरमा भर्ना गरेलगतै मृत घोषित गरे ।

दुर्घटनामा परी घाइते भएका तीर्थका ३० वर्षीय भाउजु डोल्मा र ११ वर्षीय भतिजी स्वर्णिमाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । डोल्माको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक भारतको बिहार मुझापुर बस्ने ५८ वर्षीय उमाकहक सिंहलाई प्रहरीले पक्राउ गरेको छ । तीब्रगतिमा रहेको ट्रकले अनियन्त्रीत भई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर