Aamsanchar

सप्तरीमा आगलागीबाट ४ घर जल्दा २० लाख बढीको क्षति

Author Image
सोमवार, माघ ५, २०७७

सप्तरी- सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका सकरदही टोलमा आगलागी हुँदा चार घर जलेका छन् । कङ्कालिनी–२ सकरदहीका जगन सुतिहारको गाईरगोठबाट सुरु भएको आगोले नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिनुभयो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदसहित २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पनि उहाँले बताउनुभयो । आगो स्थानीयबासीन्दा, वारुणयन्त्र तथा सुरक्षाकर्मीको टोलीले निभाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर