Aamsanchar

झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित चार जना पक्राउ

Author Image
मङ्गलवार, माघ ६, २०७७

झापा । झापाबाट प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ परेका छन् । झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका वडा नं। ३ स्थित बेलडाँगी बुद्ध टोलका २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बु तथा सुनसरीको धरान उपमहानगरपालिका-१७ का २४ वर्षीय अरुण सुब्बा लिम्बु छन् । बुद्धटोलबाट पक्राउ परेका तामाङ र लिम्बुको साथबाट १ ग्राम ६ सय मिलिग्रामसहित ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी नविन लिम्बु र अरुण सुब्बाको साथबाट ५० ग्राम ब्राउन सुगर बरामद भएको छ । मेची डाँडास्थित सशस्त्र प्रहरी बल बीओपी काँकडभिट्टाबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाइने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)