Aamsanchar

विर्तामोडमा पहिलो रिसोर्ट संचालनमा

Author Image
बुधवार, माघ ७, २०७७

विर्तामोड । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ९ मा नगरकै नमुना बन्न लायकको रिसोर्ट पूर्ण संचालनको नजिकमा पुगेको छ । हाल अनौपचारिक रुपमा संचलन हुदै गरेको उज्यालो चिन्तन चौतारी रिसोर्ट आगामी बैशाख भित्रमा पूर्ण संचालनमा ल्याईने संचालक प्रकाश बुढाथोकीले जानकारी दिए ।

विर्तामोड पूर्वको ठुलो व्यापारिक केन्द्रको रुपमा स्थापित नगरमा पर्छ । विर्तामोडमा साना ठुला गरी सयौं होटलहरु भए पनि शान्त, खुल्ला वातावरणमैत्री होटलहरु भने कमै छन् । बाहिरबाट आउने पर्यटकहरुलाई ग्रामिण परिवेशमा रमाउन र स्थानिय उत्पादन र जनशक्तिलाई परिचालन गर्दै आफ्नो गाउँ, ठाउँको विकास र समृद्धिको लागि मार्ग कोर्न रिसोर्ट संचालनमा ल्याईएको संचालक बुढाथोकीले बताए ।

विगत दुई बर्ष देखि निमार्णकार्य सुरु गरिएको रिसोर्ट एतिवेला निमार्णधिन अवस्थामै छ । दैनिक रुपमा निमार्णकार्यले तिब्रता पाईरहेको छ । हाल सम्ममा रिसोर्टको मुख्य भवन, बगैंचा, रेष्टुरेन्ट, खुल्ला बार, साँगीतिक कार्यक्रम गर्ने स्थल, पार्किङ क्षेत्र लगायतका पूर्वाधार तयार भईसकेको छ ।

मासुको लागि आफै कुखुरा पालन केन्द्र ।

आर्कषणको रुपमा रहेको पौडी खेल्ने ठाँउ (स्वीमिङपुल) स्वीमिङपुल मुनी सयन कक्षहरु (कोठाहरु) पोखरीको विचमा स्यंवर लगायताका कार्यक्रम गर्ने गोलाकारको टापु निमार्णको काम भईरहेको छ । यि सबै पूर्वाधार निर्माण भईसक्दा विर्तामोडमा मात्र हैन झापामै एक नौलो र नमुना रिसोर्ट हुने त्याहाँ पुगेका सरोज पौडेल बताउछन् ।
रिसोर्ट ११ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । रिसोर्ट व्यवस्थापन समूहले विभिन्न स्थानमा पर्यकटहरुलाई लैजान ट्राभल्स सुविधा, जंगल सफारी, ट्रेकिङ गाईटहरुको पनि व्यवस्था मिलाएको छ ।

विर्तामोडको मुक्तीचोकबाट आखाँ अस्पताल, नडियाबारी हुदै उज्यालो चिन्तन चौतारी रिसोर्ट पुग्न सकिन्छ ।

स्थानिय कला सँस्कृतिको संरक्षण र व्यवसायिकतालाई प्रर्वधन गर्दै पाहुँनाको चाहाना अनुसार सन्थाल, राजवंशी, नेवार, जनजाती लगायतका जातजाती हरुकोको साँकृतिक नृत्य प्रर्दशन गर्ने समेतको योजना रहेको बताईएको छ ।

कला संस्कृतिलाई उजागर गर्न यही माघ ९ गते राष्ट्रिय कलाकालहरु सहितको वृहत साँगीतिक साँझ पनि आयोजना हुने भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर