Aamsanchar

सुरक्षा वेसक्याम्प शनिस्चिरेले सामाजिक काम गरेर २० औं सशस्त्र प्रहरी दिवस मनायो

Author Image
बुधवार, माघ ७, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा स्थित सशस्त्र प्रहरी बल सुरक्षा वेसक्याम्प शनिस्चिरेले २० औं सशस्त्र प्रहरी दिवस सामाजिक काम गरेर मनाएको छ ।

बुधबार झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ मा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई खाद्ययन्न लगायतका समाग्री वितरण गरेर सशस्त्र प्रहरी बल सुरक्षा वेसक्याम्प शनिस्चिरेले दिवस मनाएको हो ।

अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका १० जना अपाङ्ग बालबालिकाहरुलाई एक महिना सम्म पुग्ने दैनिक उपभोग्य बस्तुहरु वितरण गरिएको थियो । कार्यक्रममा २ नंम्बर गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको हातबाट उक्त सामाग्रीहरु वितरण गरिएको सशस्त्र प्रहरी बल सुरक्षा वेसक्याम्प शनिस्चिरेका प्रमुख डिएसपी गौतम योञ्जनले जानकारी दिए ।

सहयोग वितरणका लागि नेपाल रेडक्रम सोसाईटीको समन्वय र स्थानिय जनप्रतिनिधी, संघसंस्थाका प्रमुखहरुकोे सहभागितमा चामल, दाल, मुरही, साबुन र १० थान ब्लाङ्केट बितरण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर