Aamsanchar

बाल मैत्री वडा निर्माण गरेर मात्र बिदा हुन्छु : वडा अध्यक्ष सापकोटा

Author Image
बुधवार, माघ ७, २०७७

गोलधाप । हल्दिवारी गाउँपालिका वडा नम्बर १ मा रहेको उज्यालो गोलधाप बालक्लबले आयोजना गरेको बालक्लब संचालन तथा उद्घोषण सम्बन्धि ३ दिवसीय तालिम आज समापन भएको छ ।

हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्य तथा क्लबका अध्यक्ष राज अधिकारीको सभापतित्वमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लिङ्देनले बालबालिकालाई सानैदेखि संस्कार सिकाउन जरुरी रहेको बताउनु भयो । आजका बालक भोलिका देश निर्माण कर्ता भएको भन्दै अध्यक्ष लिङ्देनले बाल मैत्री गाउँपालिका बनाउने अभियानमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नु भयो ।

त्यस्तै बाल क्लब का संरक्षक तथा वडा अध्यक्ष त्रिलोचन सापकोटाले वडालाई आफ्नो कार्यकालमा बाल मैत्री वडा घोषणा गरेर छोड्ने बताउनु भयो। वडाका सबै विद्यालयमा बाल क्लब गठन गरि बाल अधिकारको पक्षमा काम गर्न आफू सधै अगाडि रहने बताउनु भयो ।

वडाले पत्राचार गर्दा समेत बाल मैत्री अभियानमा सहभागीता नजनाउने केही निजि विद्यालयले बाल अधिकारको उल्लंघन गरेको बताउनु भयो ।

कार्यक्रमलाई उज्यालो गोलधाप बाल क्लबका सल्लाहकार तथा कार्यपालिका सदस्य सरिता नेउपाने ,सिम्रिक साकोसका अध्यक्ष सुभाष भट्टराईले सहकारीको कार्यबिधी परिमार्जन गरेर भएपनी बालबालिकालो क्षेत्रमा लगानी गर्ने र आगामी दिनमा बालक्लबको कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिबद्धता सहित क्लबको सहकारी बचत खाता समेत हस्तान्तरण गरिएको छ। संचार कर्मी तथा प्रमुख प्रशिक्षक सरोज पौडेल ,जनजागृती माविका शिक्षक झमक तिम्सिना ,क्लब कि संस्थापक अध्यक्ष सुस्मिता पराजुली लगायतले शुभकामना व्यक्त गर्नु भएको थियोे ।

उज्यालो गोलधाप बाल क्लवका सह-सचिव – अनुप साशंकर ,भुमिका कार्कीले तालीमको अनुभव राखेको कार्यक्रममा स्वागत सदस्य नुमा काम्वाङले गर्नु भएको थियो। कार्यक्रमको संचालन उपाध्यक्ष देवेन्द्र अधिकारी तथा सचिव रुविका खनालके गर्नु भएको थियोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)

सम्बन्धित खबर