Aamsanchar

झापाको काँकडभिट्टा आउँदै गरेको यात्रु बस दुर्घटना, २ जनाको मृत्यु, १७ घाइते

Author Image
बिहिवार, माघ ८, २०७७

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । दाङबाट झापाको काँकडभिट्टा आउँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीय रिता चौधरी छन् ।

राजकुमारीको घटनास्थलमै र रिताको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । बस दुर्घटनाको कारण खुलेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर