Aamsanchar

भारतबाट आएको खोप १० दिनमा वितरण गर्ने : मन्त्री त्रिपाठी

Author Image
बिहिवार, माघ ८, २०७७

काठमाण्डौ – भारतबाट आएको खोप हप्ता/ १० दिनमा वितरण गर्ने स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले बताउनु भएको छ । भारतबाट आएको खोप हस्तान्तरण कार्यक्रममा उहाँले अबको हप्तार १० दिनमा खोप वितरण गर्ने बताउनु भएको हो । उहाँले भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताउनुभयो ।

उहाँले पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिएकालाई खोप दिइने पनि बताउनुभयो । बिहान ११ बजेर ५१ मिनेटमा भारतको एयर इन्डियाको विमानबाट काठमाण्डौमा खोप ल्याइएको हो । कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर