Aamsanchar

प्रमोद खरेल र डा. रानी शाक्यको स्वरमा ‘चल्यो मायाको बतास’ (भिडियो)

Author Image
शुक्रवार, माघ ९, २०७७

काठमाडौं – गायिका डा. रानी शाक्य र गायक प्रमोद खरेलको स्वर रहेको युगल गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री अशिष्मा नकर्मीको अभिनय देख्न सकिन्छ ।

ठूलोपर्दामा अहिलेसम्म सहकार्य नजुरेको यो जोडीको म्युजिक भिडियोमा केमिस्ट्री भने सुहाएको देख्न सकिन्छ । हरी उप्रेतीको शब्द रहेको गीतमा संगीत विकाश चौधरीले दिएका छन् । भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेस बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको छ । भिडियो निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर