Aamsanchar

आगामी बुधबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु हुन्छ : प्रधानमन्त्री ओली

Author Image
शुक्रवार, माघ ९, २०७७

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बुधबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आगाउँदो बुधबार अर्थात् माघ १४ गतेबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गर्ने बताउनुभएको हो । खोप कार्यक्रमका लागि समूह तयार पारिसकेको उहाँले बताउनुभयो ।

कोरोनालाई पराजित गर्ने अभियानको सुरुवात भइसकेको र नियन्त्रणको टर्निङ प्वाइन्टमा पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले पहिलो चरणमा अग्रभागमा रहेर कोरोनाविरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने बताउनुभयो । साथै पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर