Aamsanchar

झापाको शिवसताक्षीमा बस तोडफोड, एकजना पक्राउ

Author Image
शनिवार, माघ १०, २०७७

झापा । झापाको शिवसताक्षी नगरपालिका स्थित किरातचोकमा एक बस तोडफोड भएको छ ।

खुकुरी देखाएर बस तोडफोड गर्ने एकजना पक्राउ परेका छन् । तर पक्राउ पर्ने व्यक्ति सार्वजनिक गरिएको छैन । उनी विप्लव समुहको कार्यकर्ता हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा नगरपालिकामा किरातचोकमा ३ जनाको समुहमा आएका व्यक्तीहरुले झापाबाट धरानतर्फ आउँदै गर्दा बाटोमा खुकुरीसहित आएर बसमा तोडफोड गरेका थिए । तर २ जना फरार रहेकोमा एक जना मात्र पक्राउ परेका हुन् ।

उनीहरुले बा ४ ख ८८९७ नम्बरको बस रोकेर सिसा फुटाएका थिए भने बन्दको समयमा बस किन चलाएको भन्दै चालकलाई हप्काइदप्काइ गरेको यात्रुहरूको भना उद्धृत गर्दै झापा प्रहरीले जनाएको छ । ती युवाहरुले बसका सिट समेत काटिदिएका छन् ।

उनीहरुले बसमा आगोसमेत लगाउन खोजेको तर यात्रुहरु चिच्याएका कारण आगो भने नलगाएको झापा प्रहरीले जनाएको छ । बस तोडफोड गर्ने अन्य २ जनाको पनि खोजी भइरहेको प्रहरीको भनाई छ । उनीहरु विप्लव समुहको कार्यकर्ता भएको हुनक्ने प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर