Aamsanchar

प्रदेश-१ का मुख्यमन्त्री वैवाहिक जीवनमा प्रवेश

Author Image
आइतवार, माघ ११, २०७७

विराटनगर – प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई आइतबार राजधानीमा विवाह समारोह आयोजना गरी वैवाहिक जीवनमा प्रवेश गरेका छन्। काठमाडौंको गैह्रिधारास्थित एलिस पार्टी प्यालेसमा पार्टीका केही नेता र आफन्तबीच राई जाङ्मु शेर्पासँग विवाह भइरहेको छ। विवाह दुलहीको तर्फबाट शेर्पा विधिअनुसार गरेर बिदाइ गरिने र दुलाहाका घर भित्र्याउँदा राई विधिबाट भित्र्याइने बताइएको छ।

भोजपुर निवासी ४९ वर्षीय मुख्यमन्त्री राईले संखुवासभा निवासी २३ वर्षीया मोडल शेर्पालाई जीवनसाथी रोजेका हुन्। उनीहरूबीच प्रेम सम्बन्ध भएर विवाह भएको बताइएको छ। उमेर अन्तरको चर्चा चले पनि कानुनतस् यसले कुनै फरक पर्ने छैन। भोजपुरको आमचोक गाउँपालिका(३ मा २०२७ साल फागुन ११ गते शेरधन राईको जन्म भएको थियो। २०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भएका राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बनेका थिए।

२०५४ सालमा एमाले विभाजन पछि जिल्लामा पार्टीको नेतृत्व सम्हालेका राई जिल्लामा एमालेको शक्तिशाली नेता बने र २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा सांसद बने। २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएपनि दोस्रो संविधानसभा विजयी राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे ।

दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक सूचना तथा सञ्चार मन्त्री भए। मुलुककै कान्छो सांसद बनेर राजनीतिमा अगाडि आएका शेरधनले २०७४ सालमा संघीय मुलुकको प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका थिए। उता उनको जोडी बन्न आइपुगेकी शेर्पा संखुवासभा घर भएपनि हाल हजुरआमासँग काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

उनले प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन्। १३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्। मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि पछि बढी चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडियोमा अभिनय समेत गरेकी छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर