Aamsanchar

६२ बर्षमा आवाजको जादु छर्दै मोरङका लामिछाने,‘गित गाउन नलाउ बुढेसकालैमा’ सार्बजनिक( भिडियो सहित )

Author Image
बुधवार, माघ १४, २०७७

झापा- ६२ बर्षको उमेरमा आवाजको जादु छर्दै मोरङका हरिलाल लामिछानेले पहिलो गित सार्बजनिक गरेका छन् । ‘गित गाउन नलाउ बुढेसकालैमा’ बोलको उक्त गितको भिडियो GJK Enter10 Nepal युट्युब मार्फत सार्वजनिक भएको हो ।
गीतमा शब्द संगीत आफ्नै छोरा कृष्ण लामिछाने (कृष्ण भिर)ले गरेका छन् भने संगीतसंयोजन मनोज साङ्सोन राईले गरेका छन् । गीतको म्युजिक भिडियो काठमाडौका बिभिन्न स्थानमा छायांकन गरिएको छ ।

कलाकार लक्ष्मण बस्नेत,नम्रता खरेल, कृष्ण भिर ,गोकर्ण आचार्य, जय लामा,नेत्र लामिछाने,मदन लामिछाने,मिना तामाङ्ग लगायतको अभिनय रहेको छ । म्युजिक भिडियोको छायांकन राजु श्रेष्ठ र मनोहर भण्डारीले गरेका छन भने निर्देशन जय र कृष्णको रहेको छ । यस्को सम्पादन बिशाल राईले गरेका छन ।

२०१५ सालमा इलामको अमचोकमा जन्मिएका लामिछाने बैहाहिक बन्धनमा बाँधिएपछी झापाको जलथल,धरम्पुर,क्याम्पा हुदै हाल मोरङ्गको मिक्लाजुङ्ग गाँउपालीकामा स्थाइ बसोबास गर्दै आएका छन् ।  गित गाउने र नेपाली गितसंगित क्षेत्रमा थोरै भएपनि योगदान दिने उनको सपना छोरा कृष्णले पुरा गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 442

प्रतिक्रिया (०)

सम्बन्धित खबर