Aamsanchar

नेकपाको दुवै समूहलाई निर्वाचन आयोगले बोलायो

Author Image
बिहिवार, माघ १५, २०७७

काठमाण्डौ – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै समूहलाई छलफलका लागि बोलाएको छ । ओली र प्रचण्ड–नेपाल समूहलाई छुट्टाछुट्टै पत्र लेखि चुनावसम्बन्धी छलफलका लागि आयोगले बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे बोलाइएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । दुवै समूहका अध्यक्ष र अध्यक्षले तोकेका चुनाव हेर्ने आधिकारिक व्यक्तिसहित पाँचरपाँच जनालाई छलफलका लागि आउन आयोगले भनेको छ । नेकपा विवादको सन्दर्भ र चुनावका विषयमा छलफल हुने आयोगको भनाइ छ ।

आउँदो वैशाखका लागि घोषणा भएको चुनाव प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्ने समय नजिकिएकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि नेकपाको दुई वटै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । निवेदनमाथि निर्णय गर्दै आयोगले दुवै पक्षको दाबी नपुग्ने निष्कर्ष निकालिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर