Aamsanchar

आजको मौसाम

Author Image
शनिवार, माघ १७, २०७७

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको काठमाडौंको तापक्रम २.७ डिग्री सेल्सियस मापन गरिएको हो ।

दिउँसो आंशिक बदली रहने काठमाडौंको तापक्रम १८–२० डिग्री सेल्सियस पुग्ने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । अहिले विहान भने काठमाडौंमा पातलो कुहिरो लागेको छ ।

तराईका जिल्लामा विहान बाक्लो कुहिरो लागेको छ । १२ बजेदेखि २ बजेसम्म अधिकांश जिल्लामा लागेको कुहिरो हटे पनि केही जिल्लामा भने साँझसम्म नै रहने मानन्धर बताउँछिन् ।

मौसमविद् मानन्धरका अनुसार हाल देशको केही पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपाको संभावना रहेको मौसमविद् मानन्धरको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर