Aamsanchar

प्रतिनिधिसभा विघटनविरुद्धका विघिन्न रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ सुरु

Author Image
आइतवार, माघ १८, २०७७

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धका विघिन्न रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। शुक्रबार विघटित प्रतिनिधिसभा सदस्य देव गुरुङको रिटमा बहस भएको थियो। आज पनि उनैको रिटमा अधिवक्ता गोपाल पाण्डे बहस सुरु गरेका छन्।

त्यसलगत्तै रक्षा बस्यालले बहस गरेपछि नवौँ रिट निवेदनको बहस सुरु हुनेछ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवााइ भइरहेको छ। यही माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस सुरु गरिएको हो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विरुद्ध तत्कालीन प्रतिनिधिसभा सदस्य तथा कानून व्यवसायीहरुले रिट निवेदन दायर गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर