Aamsanchar

माइतीघरमा माघ १४ बाट जारी प्रचण्ड-माधव पक्षको धर्ना आजबाट टुंगियो

Author Image
आइतवार, माघ १८, २०७७

काठमाडौं-प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले माघ १४ बाट माइतीघरमा जारी राखेको धर्ना कार्यक्रम आजबाट टुंग्याएको छ। आगामी २८ गते हुने व्यापक जनप्रदर्शनको तयारीस्वरूप आजबाट धर्नाको कार्यक्रम स्थागित गरिएको हो।

नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको उपस्थितिमा आजबाट धर्ना कार्यक्रम स्थगित गरिएको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन्। धर्ना कार्यक्रम २१ गतेसम्मका लागि तोकिएको थियो। यसअघि पुस १० गते पनि ‘हामी यहाँ छौँ’ भन्दै प्रचण्ड र माधवसहितका नेता कार्यकर्ताहरू माइतीघरमा बसेका थिए।

यो समूहले बुटवल, विराटनगर र धनगढीमा विरोधसभा आयोजना गरिसकेको छ। यसअघि दुई चरणका विरोध कार्यक्रम सम्पन्न गरिसकेको प्रचण्ड नेपाल समूहले तेस्रो चरणमा पनि काठमाडौंलगायत देशभर प्रदर्शन तथा विरोधसभाका कार्यक्रम आयोजना गरेको छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ। अहिले दुबै समूह देशभर आमसभा गर्न व्यस्त छन्। सत्तारुढ समूह चुनाव लक्षित सभामा व्यस्त छ भने प्रचण्ड–नेपाल समूह विरोधसभामा व्यस्त छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर