Aamsanchar

स्रोत नखुलेको १० लाख रुपैयाँ दुबई लैजान खोज्ने एक जना त्रिभुवन विमानस्थलबाट पक्राउ

Author Image
आइतवार, माघ १८, २०७७

काठमाण्डौ – स्रोत नखुलेको १० लाख रुपैयाँ दुबई लैजान खोज्ने एक जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । नेपाल एअरलाइन्सको उडानबाट दुबई जान लागेका काठमाण्डौको कलङ्की घर भएका आशिष खातीलाई विमानस्थलको एक्सरे क्षेत्रबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । खातीको साथमा रहेको १० लाख रुपैयाँको स्रोत नखुलेको र अवैध रूपमा विदेश लैजान लागेको गरि दुई वटा कसुर देखिएको प्रहरीले जनाएको छ ।

उनलाई थप कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर