Aamsanchar

ताप्लेजुङको सिरिजंघामा आगलागी हुँदा पाँच घर जलेर नस्ट,५६ लाख भन्दा बढीको क्ष्यति

Author Image
बुधवार, माघ २१, २०७७

ताप्लेजुङ –ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ सिनाममा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट ५ घर जलेका छन् । स्थानयि दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेको स्थानीयले बताएका छन् । स्थानीय भीम थेबेका अनुसार दिउँसो करिब साढे तीन बजे आगलागी सुरु भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट मानवीय क्षति भने नभएको सिनाम बहुमुखी क्याम्पसका प्रमुख महेन्द्र गौतमले जानकारि दिए । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् । इलाका प्रहरी कार्यालय तेल्लोकका प्रमुख अर्जुन पोख्रेलका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा आगो सल्किएको हो। आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पोख्रेलको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर