Aamsanchar

नेकपाले हड्तालको बाटो रोजेपछि पूर्वराजाले मुख खोले, टुइटरमा लेखे यस्तो

Author Image
बिहिवार, माघ २२, २०७७

काठमाडौं –पूर्वराजा ज्ञानेन्द्र शाहले जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य नहुने बताएका छन्। सामाजिक सञ्चालमा ट्वीट गर्दै सत्ताको खेल बन्द, हडताल गर्नु अमानवीय क्रियाकलाप भएको बताएका हुन्। जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतीमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जाने उनले तर्क गरेका छन्। सत्ताको खेल जनताको मन जितेर खेल्नुपर्ने उनले बताएका छन्।

जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतीमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जान्छु उनले लेखेका छन्,’सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी क्रियाकलापले। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न।’

दुईतिहाइनजिक बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भएर आम हड्तालको बाटो रोजेपछि पूर्वराजाले मुख खोलेको हुन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर