Aamsanchar

मांसाहारी आन्दोलन गर्छु भन्ने प्रचण्डलाई जावलाखेलमा लगेर थुन्छु : गृहमन्त्री थापा

Author Image
शुक्रवार, माघ २३, २०७७

काठमाडौं । नेपालक कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन् । नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता बादलले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’ नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बोलेका मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै उनले भने, ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ ।’ मांसाहारी आन्दोलन गर्नेहरूप्रति सचेत रहन समेत गृहमन्त्री थापाले निर्देशन दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर