Aamsanchar

नेपाल बन्दको क्रममा आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने

Author Image
शुक्रवार, माघ २३, २०७७

काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले नेपाल बन्दको क्रममा आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘केपी शर्मा ओलीको सरकारले आगजनी भएको ट्याक्सीको क्षतिपूर्ति दिन्छ ।’

उपप्रधानमन्त्री पोखरेलले दाहाल–नेपाल समूहले ५ वर्षका लागि निर्वाचित भएको प्रधानमन्त्री र महाधिवेशनबाट आएको अध्यक्षलाई बीचमै हटाउन खोजेको बताउनुभयो । कम्युनिष्ट पार्टीलाई धरापमा पार्ने चेष्टा गर्न खोजे पनि आफूहरूले त्यस्ता प्रयासलाई सफल हुन नदिने बताउनुभयो । जस्तोसुकै प्रतिकुलता आए पनि देशमा राजनीतिक स्थायित्वका लागि अडिग रहने तर्क गर्नुभयो । साथै उहाँले केपी ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दावी गर्दै सूर्य चिन्ह आफूहरूले नै पाउने ठोकुवा गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर