Aamsanchar

१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई १८ वर्ष कैद

Author Image
मङ्गलवार, माघ २७, २०७७

लमजुङ — १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले एक युवकलाई १८ वर्ष कैद सजाय सुनाएको छ । पीडित किशोरीलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन समेत अदालतले आदेश दिएको छ । जिल्ला न्यायधीश हरिश्चन्द्र ढुंगानाको इजलासले मध्यनेपाल नगरपालिका-६ भोर्लेटारका २५ वर्षीय सोनम धिंगाललाई कैद फैसला तोक्दै पीडितलाई जरिवाना गर्न आदेश जारी गरेको अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताए ।

उनका अनुसार मंगलबार तोकिएको मुद्दा पेशीको अन्तिम किनारा लगाउँदै धिंगालविरुद्ध फैसला भएको हो ।यसअघि गत जेठ २० गते थुनछेक बहस हुँदा धिंगाललाई पुर्पक्षका लागि थुनामा पठाउन न्यायधीश ढुंगानाले आदेश दिएका थिए । अदालतले यही माघ १३ गते धिंगालले कसुर गरेको ठहर गरेको थियो । मंगलबार धिंगालविरुद्ध कैद फैसला सुनाउँदै किशोरीलाई क्षतिपूर्ति भराउने आदेश दिएको स्रेस्तेदार काफ्लेले बताए ।

किशोरीलाई साँझ भेट भएको समयमा धिंगालले गाउँकै मकैबारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी अनुसन्धान अनुसार मध्यरातमा घर फर्केकी छोरीलाई आमाले बिहान सोधपुछ गरेपछि धिंगालको नाम लिएकी थिइन् । त्यसपछि फरार भएका धिंगाललाई प्रहरीले वैशाख ३० गते तनहुँको दमौलीबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर