Aamsanchar

टोल विकास संस्थाका प्रतिनिधीहरुको क्षमता अभिवृद्धी सम्वन्धी ५ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Author Image
बुधवार, माघ २८, २०७७

बिर्तामोड- बिर्तामोड –४ का टोल विकास संस्थाका प्रतिनिधीहरुका लागि क्षमता अभिवृद्धी तथा उद्घोषण सम्वन्धी पाँच दिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कादम्विनी पोग्राम प्रोडक्सन हाउस बिर्तामोडको आयोजनामा भएको तालिममा बिर्तामोड –४ का ३२ वटा टोल विकास संस्थाका  ६४ जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराई र स्वस्तिका आचार्यले गरेका थिए ।   बिर्तामोड –४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडासदस्य कविता डाँगी थापाले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा वीरता जेसीजकी पूर्व अध्यक्ष शरु भूर्तेल खनाल, अध्यक्ष स्वस्तिका आचार्यलगायतले तालिममा सिकेको सिप व्यवहारमा उतार्न  प्रशिक्षार्थीलाई आग्रह गरेका थिए । त्यस्तै पशिक्षार्थीहरु दिक्षा अधिकारी, दमन्ता दाहाल, युवराज चापागाईं , ऋतु निरौलालगायतले तालिम फलदायी भएको वताएका थिए । तालिममा सहभागी  ६४ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी झुमा भट्टराई चुडालले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर