Aamsanchar

सुरुंगाका रोटरियनहरु द्वारा कनकाई नदी पूर्वी तट सफाई

Author Image
शुक्रवार, माघ ३०, २०७७

कनकाई । पूर्वको पवित्र धार्मिक तिर्थ स्थल कनकाई माई नदी पूर्वीतट सफाई गरिएको छ ।

शुक्रबार रोटरी क्लब अफ सुरुङ्गा र रोट्रयाक क्लब अफ सुरुङ्गाको आयोजनामा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

कनकाई नदी र कनकाई घाट स्थल वरिपरि सरसफाइ गरिएको रोटरी क्लव अफ सुरुंगाका निवर्तमान अध्यक्ष कुमारमणी पोखरेलले जानकारी दिए ।

हिन्दु र बौध धर्मावलम्वीहरुको आस्थाको क्षेत्र यस धार्मिक एवम् पर्यटकिय क्षेत्रमा निरन्तर सरसफाई गर्नु अत्यन्तै आवश्यक देखिएको थियो । दैनिक हजारौंको संख्यामा पुग्ने मलामी र तिर्थयार्थीहरुले पानी खाएर फ्यालिएका पानीका वोटल, प्लास्टिक जन्य फोहोरले कनकाई क्षेत्र अत्यन्ती प्रदुशित बनेको अवस्थामा रोटरियनहरुले सो क्षेत्रमा सफाई गरेर सफाई सम्बन्धी सचेनता समेत फैलाउने काम गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर