Aamsanchar

झापाको लक्ष्मीपुरमा अन्तर्राष्ट्रिय स्तरको सेवा सहित आर एण्ड आर सलुन संचालनमा

Author Image
सोमवार, फागुन ३, २०७७

चारपाने । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुर घैलाडुब्बा मार्गमा अन्तराष्ट्रिय स्तरिय सेवा सहित आर एण्ड आर सलुन संचालनमा आएको छ । स्थानिय व्यवसायी मोहन लुईटेल र उहाँका छोरा रोहन लुईटेलले सुविधायुक्त सलुन संचलनमा ल्याएका हुन ।

आफ्नै ठाउँमा केही गरौ र अरुलाई पनि गर्ने प्रेरणा प्रदान गर्न संचालनमा ल्याईएको आर एण्ड आर सलुनमा सेवा लिनको लागि युवा पुस्ताहरुमा आर्कषण बढेको संचालक मोहन लुईटेलको भनाई छ ।

१० लाख भन्दा धेरै लगानीमा सुरु गरिएको सलुन उत्कृष्ठ सजावट गरिएको छ, फराकिलो स्थान, आधुनिक उपकरण र ब्राण्डेड बस्तुलाई मात्र प्रयोगमा ल्याईएको छ, झट्ट हेर्दा सामान्य वर्गमा सेवा लिन महंगो पर्ने भान पर्न सक्छ तर हामिले सेवा शुल्क सामान्य सलुनकै दर रेट कायम गरेका छौं । जसले गर्दा लक्ष्मीपुर, अर्जुनधारा–५ का केही क्षेत्र, चारपाने, घैलाडुब्बा, दुर्गापुर सम्मका सेवाग्राहीहरु सलुनमा सेवा लिन आउने गरेको संचालक एवं हेयर डिजाईनर रोहन लुईटेलले बताए ।

गुणस्तिरिय सेवाका लागि थप एकजना मेकअप तथा हेयर डिजाईनर नितेस मगरको साथ रहेको छ । उनि भारतको चेन्नईमा ५ बर्ष सलुन सम्बिन्धी अध्ययन संगै काम गरेर नेपाल फर्किएका हुन नेपालमा पहिलो पटक आर एण्ड आर मा काम गर्न सुरु गरेका छन् । सलुनमा पुरुषका साथै महिलाहरुले हेयर स्टेट मेकअपको सुविधा लिने गरेको उनि बताउछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 485

प्रतिक्रिया (०)

सम्बन्धित खबर