Aamsanchar

बाँकेमा बस दुर्घटना हुदा १० जना सेना घाईते

Author Image
सोमवार, फागुन ३, २०७७

बाँके।  बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन् ।

दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको नेपालगंज राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर