Aamsanchar

घोराहीमा हिडिरहेका एक व्यक्तीबाट ६ किलो २३९ ग्राम लागुपदार्थ अफिम प्रहरी द्वारा बरामत

Author Image
मङ्गलवार, फागुन ४, २०७७

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ बाट ६ किलो २३९ लागुऔषध बरामत गर्नुका साथै ओसारपसारमा संलग्न एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरिक्षक मोहनजंग बुढाथापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले रोल्पा थवाङ गाउँपालिका वडा नम्बर ५ का बर्ष ३८ का प्रकाश घर्तीलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

फागुन ३ गते संकास्पद रुपले झोला बोकी हिडिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले घर्तीले बोकको झोला खानतलासी गर्दा कालो गिलो पदार्थ (अफिम) बरामत गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर