Aamsanchar

भागरथी हत्या प्रकरणमा प्रहरीको अनुसन्धान अझ नजिक, एकजना पक्राउ

Author Image
मङ्गलवार, फागुन ४, २०७७

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय युवती भागरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन्।

पक्राउ परेका ती व्यक्तिको पहिचान खुलाइएको छैन। घटना भएको समयमा उनी घटनास्थल नजिकै रहेको प्रहरीको अनुमान छ। उनी गत शनिबार महेन्द्रनगर हुँदै भारतर्फ जान लागेका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले हत्यामा संलग्नताको आशंका गरिएको व्यक्तिको कपडाको प्राविधिक जाँच भइरहेको बताइउको छ। घटनामा ती व्यत्तिःको संलग्नताबारे अनुसन्धान भइरहेको छ। एक व्यक्ति पक्राउ भएको प्रहरीले औपचारिक पुष्टि गरेको छैन।

यसअघि गृहमन्त्री रामबहादुर थापाले भागिरथी हत्या प्रकरणमा प्रहरी दोषी नजिक पुगेको र छिटै पक्राउ गरिने जानकारी दिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर