Aamsanchar

भागरथी हत्यामा संलग्न सार्वजनिक, यसरी रचिएको रहेछ हत्या गर्ने योजना

Author Image
बुधवार, फागुन ५, २०७७

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-७ बस्ने १८ वर्षीया भागरथी भट्टलाई जबरजस्ती करणी पछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अभियुक्त किशोरलाई सार्वजनिक गरेको हो ।

गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनकालागि गएकी भागरथी स्कुल बिदा भएपछि घर नआएकी थिइनन् । फोन स्वीच अफ भएर हराएपछि खोजी गर्ने क्रममा माघ २२ गते दिउँसो सोही ठाउँस्थित लडालेक भन्ने लबलेक जंगल सडक छेउ भन्दा करिब ३० मिटर तल टाउकोमा चोट, घाँटीमा दबाए जस्तो डाम, खुट्टाको औंलामा निल डाम घाउ भएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उक्त घटनाको सुक्ष्म अनुसन्धानको क्रममा सोही स्कुलमा अध्ययन गर्ने अभियुक्त अन्तिम कक्षा नपढी साथीहरुसँग खोचलेकतर्फ गएको, साथीहरुलाई खोचलेक बजारमै छोडी आफू एक्लै खोचलेक बजारबाट चडेपानीस्थित आफ्नो घरतर्फ हिँडेको, हिड्नेक्रममा भागरथीलाई मार्ने उद्देश्यले घटनास्थल माथि रहेको सडकमा कुरी बसेको, भागरथी आई पुगेपछि सडक भन्दा तलतर्फ धकेली दिई हत्या गरेको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत बैतडीबाट ५ दिन म्यद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर