Aamsanchar

दियोको आगो काठ गोदाममा सल्किदा लाखौंको क्षती

Author Image
शनिवार, फागुन ८, २०७७

प्रतिकात्मक तस्वीर ।

दियोको बत्ति अन्यत्र सल्किँदा आज बिहान बौद्धस्थित एउटा काठ गोदाम जलेको छ । बिहान ३ बजेको समयमा भएको आगलागी निभाउन काठमाडौं महानगरपालिकाको दुई वटा दमकल, रामहिटीका ६ वटा ट्याङ्कर र सशस्त्र प्रहरीको २० नम्बर गणका प्रहरी निरिक्षक आशिष गैंडा नेतृत्वको २१ जनाको टोलीलाई झण्डै तीन घण्टा लागेको थियो ।

बौद्ध फूलबारीस्थित सेतो गुम्बाका अध्यक्ष भुजुङग लामाको उक्त काठ गोदाममा आगलागीबाट झण्डै २० लाख रूपैयाँको क्षति भएको अनुमान गरिएको छ । तर, गोदाम मालिक लामाले भने २७ लाख रूपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर