Aamsanchar

लक्ष्मीपुरको सन्तोष सिरक पसलमा आगलागी, सम्पूर्ण सामान जलेर नष्ट

Author Image
शनिवार, फागुन ८, २०७७

चारपाने । झापाको अर्जुनधार–५, लक्ष्मिपुर स्थित एक सिरक डसना तथा थान कपडा पलमा आगलागी भएको छ ।

लक्ष्मीपुर देखि उत्तर विहिबारे बजार रोडमा रहेको पुनम अन्सारीको सन्तोष सिरक पलमा लागलागी हुँदा सम्पूर्ण सामान जलेर नस्ट भएको छ । आज मध्यानन १२ बजे लागेको आगो १ घण्टा पछि नियन्त्रणमा ल्याईएको थियो ।
पसलमा कोही नभएको अवस्थामा अचानक आगलागी सुरु भएको स्थानिय प्रत्यक्षदर्सी मिलन बस्नेतले जानकारी दिए ।

दुई तल्ले घरमा रहेको सटरकोठामा रहेको सिरक पसलमा आगलागी हुदाँ करिव ४ लाख रुपैया क्षती हुन सक्ने अनुमान गरिएको छ । क्षतीको यथार्थ विवरण आएको छैन ।
रुवा कपडामा दन्केको आगो नियन्त्रका लागि विर्तामोड नगरपालिको वारुण यन्त्र र स्थानियहरुको सहयोग सहयोग रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर