Aamsanchar

सीके प्रसाईको २७ औं स्मृति सभामा अग्रज पत्रकार दाहाल सम्मानित

Author Image
शनिवार, फागुन ८, २०७७

विर्तामोड । राजनीतिज्ञ तथा लेखक भरतबाबु प्रसाई (सीके)को २७ औं स्मृति दिवस झापाको अर्जुनधारा स्थित सीके चिन्तन प्रतिष्ठानमा शनिबार सम्पन्न भएको छ ।

‘गरिब जनता सबैले राजनीतिमा चाख लिनुपर्छ । जनताले चाख नलिए राजनीति दुईचार जना धनीमानी वा छट्टुहरुले धन र मान कमाउने साधन बन्न जान्छ र देश बिग्रन्छ । जनताले राजनीतिमा हात हाल्नै पर्छ, तबमात्र देशको कल्याण हुन्छ’ जस्ता भनाईहरु राख्ने एक प्रजातान्त्रिक नेता भरतबाबु प्र्रसाईको बारेमा समकालिन साथी, सहकर्मीहरुबाट जानकारी लिने र दिने काम भएको थियो ।

सीके चिन्तन प्रतिष्ठानको आयोजनामा आयोजित स्मृति सभामा सीके चिन्तन प्रतिष्ठानका अध्यक्ष टीका प्रसाईको अध्यक्षता रहेको थियो भने पूर्व उपप्रधानमन्त्री काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आथित्यता रहेको थियो ।

प्रजातान्त्रिक आन्दोलको लागि आफ्नो जीवन समर्पण गर्नु भएका प्रसाई पत्रकारिता क्षेत्रमा लामो समय सम्म सक्रिय बन्दै विभिन्न सञ्चार माध्ययममा सम्पादक र स्थम्भकारको काम गर्नु भएको थियो ।
उहाँले आफ्नो जीवन कालमा गरेका काम र चिन्तनलाई अमर राख्न हरेक बर्ष एकजना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम अनुसार यस बर्ष पनि एक अग्रज पत्रकारलाई सम्मान गरिएको छ ।

पंचायतकालिन अवस्थामा प्रजातान्त्रिक विचारका सीके प्रसाईका चिन्तन विचारहरुलाई आफूले सम्पादन गरेको राष्ट्रपुकार साप्ताहिक पत्रिका मार्फत जोखिम मोलेर सर्बसाधारण समक्ष पुर्याउन खेल्नु भएको भूमिकाको कदर गर्दै काठमाडौं मैतीदेवी निवासी अग्रज पत्रकार होमनाथ दहाललाई सम्मान गरिएको छ । दाहाललाई कार्यक्रमका प्रमुख अतिथि सिटौला र सीके चिन्तन प्रतिष्ठानका संरक्षक बिवेक प्रसाईले सम्मान पत्र र दोसल्ला ओढाएर सममान गरेका थिए ।

कार्यक्रममा झापाली नेताहरु, साहित्यकार लेखकहरुले सीके प्रसाईलाई स्मरण गर्दै उहाँले नेपाली राजनीति र समाज प्रति गरेको योगदानको चर्चा गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर