Aamsanchar

इटहरी उपमहानगरले यसै बर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने

Author Image
आइतवार, फागुन ९, २०७७

इटहरी । इटहरी उपमहानगरमा वडा कार्यालय भवन निर्माणलाई तिव्रता दिइएको छ । यहि आर्थिक बर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना छ । यसैक्रममा दुइहप्ताका विचमा तीन वटा वडा कार्यालय भवन शिल्यान्यास गरिएको छ ।

वडा नम्वर ५,९ र ८मा भवन शिल्यान्यास गरिएको हो । आज उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर ८ को वडा कार्यालय भवनको शिल्यान्यास गर्नुभएको छ ।
वडाध्यक्ष रोहित चौधरीकी आमा सविता चौधरीले प्रदान गर्नुभएको २२ धुर जग्गामा वडा कार्यालय भवन शिल्यान्यास गर्नुभएको हो । शिल्यान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले जग्गा उपलब्ध गराउने सविता चौधरी प्रति आभार ब्यक्त गर्नुभयो । उहाँले आफनो सम्पूर्ण ध्यान विकास निर्माणमा भएको वताउनुभयो ।

यो आर्थिक वर्षमा एक अर्व वढिका विकास निर्माणका योजना कार्यावन्यन गरिने जानकारी दिनुभयो । वडाध्यक्ष रोहित चौधरीले आफूले चुनाव ताका गरेको वाचा वमोजिम वडा कार्यालय भवन निर्माण सुरु भएकोमा खुशि ब्यक्त गर्नुभयो । नगरपालिकाका इन्जिनियर जीवन घिमिरेले ८६ लाख ३४ हजार ४ सयको लागतमा दुईतले अपांगतामैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण हुने जानकारी दिनुभयो । वडा सदस्य खुपराज शमाले जग्गादाता सविता चौधरी र भवन निर्माणका लागि वजेट विनियोजनका लागि उपमहानगरलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

ढेकेदार कम्पनीका रुद्र वास्कोटाले निर्माण अवधि १ बर्षको भएपनि दशै सम्ममा भवन निर्माण गरिसक्ने प्रतिवद्धता जनाउनुभयो । इटहरी उपमहानगरको वडा नम्वर दुईको नयाँ कार्यालय भवन निर्माण भइसकेको छ । इन्जिनियर जीवन घिमिरेका अनुसार यसअघिनै नै आठ वटा वडा आफनै भवनमा छन । यो आर्थिक वर्षमा आठ वटा भवन निर्माण हुने छन । वाँकी चार वटा वडाको वडा कार्यालय भवन अर्को आर्थिक बर्षमा निर्माण गरिने छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर