Aamsanchar

प्रेसर हर्न निषेध अभियान सुरु भएकै दिन झापा ट्राफिकले खोस्यो करिव तिनसय हर्न

Author Image
सोमवार, फागुन १०, २०७७

बिर्तामोड । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले प्रदेशभर एकसाथ प्रेसर हर्न निषेध अभियान सुरु गरेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा प्रदेश १ का सबै जिल्लाहरुमा आजबाट प्रेसर हर्न निषेध अभियान सुरु भएको हो।

प्रदेश १  मातहतका कार्यालयले राजमार्गमा सवारीका साधन रोकेर प्रेसर हर्न नबजाउन आग्रह सहित चालक लक्षित कार्यक्रम संचालनमा ल्याएका छन् । जस अनुरुप ट्राफिक प्रहरीले सवारी चालकहरुलाई आदर सहित अनुरोध,  सदभाव व्यक्त गर्न थालेका छन् ।  ट्राफिकका हरेक कार्यालय तथा पोष्टले अभियानका रुपमा आफु पायकको क्षेत्रमा सवारी चालक लक्षित कार्यक्रम थालेको छ ।

सोही अनुरुप जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पनि प्रेसर हर्न निषेध अभियान सुरु भएकै दिन करिव ३ सय को हाराहारीमा प्रेसर हर्नहरु संकलन गरेको ट्राफिक प्रहरी कार्यालय झापाका इन्चार्ज प्रकाश जवेगुले जानकारी दिए ।

झापा ट्राफिकले झापाको ताराबारी, दमक, झिलझिले, सुरुंगा, बिर्तामोड, भद्रपुर, बुधबारे, काँकडभिट्टा लगायतका सहरमा प्रेसर हर्न जडान गरिएका यात्रु बस तथा मालबाहक ट्रक लगायतका सवारीका साधनहरुबाट प्रेसर हर्न निकालेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्राफिकले यात्रु बस तथा मालबाहक ट्रक लगायतका सवारीका साधन रोकेर चालकलाई नमस्कार गर्दै अभियानको बारेमा जानकारी गराएको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर