Aamsanchar

बसले ठक्कर दिँदा एक महिलाको मृत्यु, ट्राफिक भन्छ भाग्ने हुदाँ, प्रत्यक्षदर्सी भन्छन ट्राफिकले लडाई दिदा

Author Image
सोमवार, फागुन १०, २०७७

ललितपुर । ललितपुरको जावलाखेल चोकमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो साढे १ बजे भैंसेपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर  ललितपुरका प्रहरी उपरीक्षक  प्रज्वल महर्जनले जानकारी दिए।

बा २ ख ३५७४ नम्बरको बसले प्र ३- ०२-०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको उनले बताए।

स्कुटर चालक अन्दाजी ३३र३४ वर्षीया महिला हुन्। उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० किरण बज्राचार्यले जानकारी दिइन्।

दुर्घटना हुनेबेलामा जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो। चेकिङको क्रममा स्कुटर भाग्न खोज्दा पछाडिबाट बसले ठक्कर दिएको बज्राचार्यले बताइन्।

लाइसेन्सहरू नभएको हुँदा भाग्न खोजेको जस्तो लाग्यो। उनको पर्सलगायत केही पनि सामान भेटिएको छैन। डकुमेन्टहरू नहुँदा भाग्न खोज्दा पछाडिबाट गाडीले हान्दियो, उनले भनिन्।

यसरी चेकिङकै समयमा दुर्घटना भएपछि परिसर विरोध भएको थियो। ट्राफिकको पनि यसमा गल्ती भएको भन्दै केही मानिसहरूले विरोध गरेका थिए। प्रत्यक्षदर्शी मुकुन्द घिमिरेका अनुसार चेकिङमा खटिएका ट्राफिक प्रहरीले ती महिला भाग्न खोज्दा स्कुटर तान्दा लडेको थियो।

‘म पनि ट्राफिक चेकिङमा परेको थिएँ। मैले आज कागजात नबोकेको हुँदा मलाई साइड लगायो। चेकिङ भइरहेको बेलामा केही मोटरसाइकल, स्कुटरलाई पठायो। त्यही क्रममा स्कुटर आयो। अरूलाई जान दिइएको भन्ठानेर उनी पनि हतार हतार अगाडि बढिन्। स्कुटर अलिक अगाडि गइरहेको थियो ट्राफिकले पछाडि झ्याप्प समातेर तानेपछि स्कुटर लड्यो,‘उनले भने,’पछाडिबाट आइरहेको बसको पछाडिपट्टिको टायरमा टाउको पर्‍यो।’

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। श्रोत: सेतोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)