Aamsanchar

ओलीले पहिलो पटक आफू पक्षीय स्थायी कमिटीको बैठक बोलाए

Author Image
बुधवार, फागुन १२, २०७७

काठमाडौ‌। नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीले पहिलो पटक आफू पक्षीय स्थायी कमिटीको बैठक बोलाएका हुन्। उनले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन्।

सर्वोच्चको फैसलापछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उनले बैठक बोलाएका हुन्। छलफलमा देशको पछिल्लो घटनाक्रम तथा पार्टीको आगामी कदमबारे छलफल हुने एक नेताले बताए।

नेकपा दुई समूहमा विभाजित भएसँगै ओली पक्षमा हाल १६ जनामात्र स्थायी समिति सदस्य रहेका छन्। ४४ सदस्यीय कमिटीका २८ जना प्रचण्ड–माधव समूहमा रहेका छन्।

यसअघि पार्टी विभाजनपूर्व आफू अल्पमतमा रहेकै कारण ओली बैठकबाट भाग्दै आएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर