Aamsanchar

मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्दै प्रधानमन्त्री ओली राजीनामा दिन तयार

Author Image
बुधवार, फागुन १२, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा  ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीको भनाई छ । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर